Background Image

सार्वजनिक सेवा प्रवाह

  • Author Image by Debed Acharya
  • Last Updated on July 12, 2024


सार्वजनिक सेवा प्रवाहको अर्थमहत्वमाध्यमप्रकारसमस्या  समस्या समाधानका उपायहरु

नागरिकको हित र कल्याणको लागि निःशुल्क वा सशुल्क उपलब्ध गराउने नियमित आकस्मिक वा विकासात्मक सेवाहरुको समष्टि नै सार्वजनिक सेवा हो।

  • सोहि सेवा जनतासामु सरल, सहज, र गुणस्तरिय माध्यमले जनतालाई उपलब्ध गराउनुलाई नै सार्वजनिक सेवा प्रवाह भनिन्छ्।
  • सार्वजनिक सेवा प्रवाहलाई छिटो, गुणस्तरीय, पहुँचयोग्य, जनसहभागितामूलक तथा निष्पक्ष बनाई जनसन्तुष्टि प्राप्त भएमा मात्र सार्व राज्य वा सरकारले आफ्नो जनातालाई कुनै भेदभावबिना दिने सेवालाई सार्वजनिक सेवा भनिन्छ ।
  • यो सेवा सरकार र नागरिकलाई जोड्ने माध्यम मात्र नभएर सरकारको प्रभावकारिता र क्षमता पहिचान गर्ने माध्यम पनि हो ।
  • राज्यले नागरिक को हित , प्रगती तथा उन्नतिका लागी प्रदान गरिने कुनै पनि खालका सेवा सुविधाको समष्टिलाई सार्वजनिक सेवा जनाउछ । उक्त सेवालाई प्रभावकारी वैज्ञानिक तथा कानूनसम्मत तरिकाले जनाता समक्ष पुराउने कार्य नै सार्वजनिक सेवा प्रवाह हो ।
  • नेपाल संघीय शासन प्रणाली प्रयोगमा गइसकेपछि तहगत रुपमा संघ,प्रदेश तथा स्थानीय तहका सरकारका संरचना सार्वजनिक सेवाको प्रभावकारी र दक्षतापुर्वक रुपमा गर्नका लागी व्यवस्था गरिएको अवस्था रहेको छ ।

सार्वजनिक सेवाको प्रकारहरुः-

  • आधारभुत सार्वजनिक सेवा
  • मानवीय विकास सम्बन्धी सार्वजनिक सेवा
  • परम्परागत सेवाहरु
  • नियमनकारी सेवाहरु
  • पुर्वाधार सम्बन्धि सार्वजनिक सेवा
  • मनोरंजनात्मक सेवाहरु
  • सामाजिक क्षेत्रका सार्वजनिक सेवा
  • क्षमता विकाससँग सम्बन्धी सार्वजनिक सेवा
  • उत्पादन र वितरणसँग सम्भन्धी सार्वजनिक सेवा

सार्वजनिक सेवाको आवश्यकता तथा महत्वः-

  • नागरिक र सरकारबिच अन्तरकृयाको माध्यम
  • नागरिकको मानव अधिकारको उपभोग गर्ने विषय
  • नागरिकको आधारभुत आवश्यकता र व्याक्तित्व विकासको आधार
  • सरकारको दक्षता र प्रभावकारिता मापन गर्ने माध्यम
  • नागरिकको सार्वभौमसत्ताको संरक्षण
  • सुशासनलाई व्यवहारमा उतार्न
  • नागरिकका मागहरुको सम्बोधन
  • राज्यप्रति जनताको विश्वास बलियो
  • राज्यको दायित्वलाई व्यवहारमा कार्यान्वयन
  • People’s Voice, Choice र Rights को सम्मान

समग्रमा, नागरिकले सुपथ , सुलभ र समयसापेक्ष एवं जनअपेक्षा अनुरुपको सेवा पाउन सार्वजनिक सेवाको आवश्यकता/महत्व रहेको छ।

सार्वजनिक सेवा प्रवाह गर्ने माध्यमहरु

  • तीन तहका सरकारका तहगत संरचनाहरु
  • नियमनका लागी स्थापित सरकारी संरचनाहरु
  • सेवा प्रवाहका लागी स्थापित अग्रभागका संरचनाहरु
  • सार्वजनिक सँस्थानहरु
  • गैरसरकारी सँस्थाहरु(NGOs, INGOs)
  • सामुदायिक संगठनहरु
  • नागरिक समाज
  • सार्वजनिक निजी साझेदारी (Public Private Partnership) मा स्थापित संयन्त्रहरु
  • निजी सँस्थाहरु
  • अन्तर्राष्ट्रिय सङ्घसँस्थाहरु
  • सामाजिक सँस्थाहरु

नेपालमा सार्वजनिक सेवा प्रवाहका समस्याहरु:-

सेवामा रहेका समस्याहरु-

  • छनौटको न्युन अवसर हुनु
  • कम गुणस्तरीय सेवा प्रवाह भएको
  • अपर्याप्त सेवा प्रवाह

प्रक्रियागत समस्याहरु-

  • कागजमुखी सेवा
  • झन्झटिलो प्रक्रिया
  • सेवा प्रवाहमा विभेद रहनु

सेवा प्रदायकमा रहेका समस्याहरु-

  • ढिलासुस्ती गर्ने प्रवित्ति
  • शिष्टताको अभाव रहेको
  • राजनीतिक प्रभाव बढि रहेको

सेवाग्राहीमा रहेका समस्याहरु-

  • धैर्य गर्न नसक्ने
  • प्रक्रिया नपुर्याइ गुनासो गर्न
  • Corrupt मानसिकता
  • नीति नियम र कार्यविधिको ज्ञानको अभाव

सङ्गठनमा कमजोरी

  • भौतिक व्यवस्थापन कमजोर रहनु
  • सूचना प्रविधिको न्यून प्रयोग गरिनु
  • स्रोत साधनको अभाव रहनु

नेपालमा सार्वजनिक सेवा प्रवाहका समस्या समाधानका उपायहरु

नेपालको सार्वजनिक सेवा प्रवाह अन्य देशको तुलनामा दक्ष,प्रभावकारी र पहुँचयोग्य, हुन सकेको छैन । माथि उल्लेखित समस्याहरुको समाधान गर्न देहाय बमोजिमका उपायहरु अवलम्बन गर्न सकिन्छ।

  • सेवा प्राप्त गर्ने प्रकृया सरल सहज बनाउने
  • संचनागत सुधार गर्नुपर्ने
  • जनशक्तिको रित्तता पुर्ति गर्दै क्षमता विकास गर्नुपर्ने
  • सेवाग्राहिको हितलाई ख्यालमा राखेर सेवा प्रवाह गर्नुपर्ने,
  • नागरिक वडापत्र, Helpdesk आदिलाई प्रभावकारी बनाउने,
  • नीतिगत कामिकमजोरिलाई सुधार गर्नुपर्ने,
  • असल राजनीतिक संस्कारको विकास गर्नुपर्ने,
  • Online based service लाइ जोड दिने,
  • E-governance लाई प्राथमिकतामा राख्ने,
  • समग्रमा जनसन्तुष्टि कायम गर्ने।

डिवेड आचार्य (विश्वविद्यालय प्रशासन)

Comments

TOP
0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop