नेपालकाे भूगाेल र विभिन्न दुरी तथा अङ्क सम्झने तरिका
हाम्रो देश नेपाल विश्व मानचित्रमा उत्तर पूर्वमा अवस्थिति देश हो । एसिया माहादेशको करिब विचमा रहेको हाम्रो देश नेपाल चीन र भारतको बिचमा रहेको एक तरुल (दुई ढुंगा विचको तरुल) को रुपमा समेत परिचित छ । नेपालको भौगोलिक अवस्थिति २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेट पुर्बी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पुर्बी देशान्तरसम्म फैलिएको छ ।

विश्वको कुल क्षेत्रफलको ०.०३ प्रतिशत, एसिया महादेशको ०.३ प्रतिशत र सार्कको २.८२ प्रतिशतहिस्सा ओगटेको नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. रहेको छ । (वि.सं. २०३६ साल बाट १,४७,१८१ वर्ग कि.मि. मानिदै आएको नेपालको क्षेत्रफल २०७७ साल जेठ महिनाबाट अतिक्रमित भएको कुल भूभाग ३३५ वर्ग किमि सहित नयाँ क्षेत्रफल कायम गरिएको भए तापनि यसले आधिकारिता भने पाइसकेको छैन ।)
यसै सन्दर्भमा, नेपालकाे भूगाेल सम्बन्धी केही फर्मूला नाेट तथा भिडियाे यहाँ राखिएकाे छ ।
PDF/डिजिटल नाेटकाे लागिःSarc Countries 33
यसकाे भिडियाे हर्नकाे लागि लिङ्कः https://youtu.be/aaoKFUkCy9c

by Sushant Sharma