Background Image

विद्युतीय सुशासन (शासन) 

  • Author Image by डिवेड आचार्य
  • Last Updated on July 12, 2024


विद्युतीय माध्यमहरु जस्तै Computer, E-mail, Internet, Social Media आदीको प्रयोग गरि जनताको हित र कल्याणको लागी सार्वजनिक सेवा सरल सहज र प्रभावकारी ढङ्गबाट उपलब्ध गराउने विधि पद्दति वा प्रकृयालाई विद्युतीय सुशासन भनिन्छ।

सर्वप्रथम तत्कालिन अमेरिकी उपराष्ट्रपति L. Goral ले सन् 1993 मा सार्वजनिक सेवामा E-Governance शब्दको सुरुवात गरेका थिए। नेपालमा विद्युतिय सुशासन (E-governance) को प्रयोग वि.स. २०२८ को जनगणनामा कम्प्युटरको प्रयोग गारि गरिएको थियो।

राज्यले सञ्चालनमा आधुनिक शैलीको विकास हुँदै गईरहेको वर्तमान अवस्थामा सूचना प्रविधि प्रयोग गरी सेवा प्रवाहलाई छिटो छरितो गुणस्तरीय बनाउन paperless cashless र faceless कार्यालयको अवधारणा आत्मसात गर्दै शासन सञ्चालन गर्नुलाई विद्युतीय शासन E-Governance भनिन्छ ।

Electronic governance /e-governance

It is the application of information technology for delivering government services, exchange of information, communication transaction, integration of various stand-alone systems.   (Wikipedia)

विद्युतीय सुशासनको (शासन) महत्व

  • सरकारलाई सक्षम, सुदृढ सेवामुखी र प्रभावकारी बनाउन,भ्रष्टाचार रोकि सदाचार   प्रवर्धन गर्न,
  • सिमाविहिन सेवा प्रवाह गर्ने,
  • सेवा प्रवाहमा मितव्ययीता ल्याउन,
  • Paperless Cashless र faceless प्रशासनको अवधारणालाई कार्यान्वयन गराउन,
  • नागरिक सहभागितालाई जोड दिन,
  • विश्व अर्थतन्त्रमा सहभागिता जनाउन,
  • चेतनशील समाजको निर्माण गर्न,
  •  Anytime Service को अवधारणालाई आत्मसात गर्न,
  •  जवाफदेहिता प्रवर्धन गर्न।
  •  सार्वजनिक सेवालाई पारदर्शी र जनकेन्द्रित बनाउन
  •   सार्वजनिक सेवालाई online  based बनाउन,

 विद्युतीय सुशासन (शासन) का तत्वहरु:-

1.व्यक्ति (personal)
2.प्रक्रिया (process)
3.प्रविधि (technology)
4.स्रोत साधनहरु (means and resources)

विद्युतीय सुशासन (शासन) का फाईदाहरु :-

  • जनता र सरकारबीच संवादको माध्यम,
  • कार्यसम्पादन प्रक्रियामा सुधार ल्याउन,
  • खर्चमा कटौती गरी समयको बचत गर्न,
  • सूचनाको हकको प्रयोग गर्न ,
  • शासन व्यावस्थालई पारदर्शी बनाउँन,
  • निर्णय प्रक्रियामा प्रभावकारीता ल्याउँन,
  • भ्रष्टाचार नियन्त्रण गर्न,
  • विभिन्न निकायहरुबीच सामञ्जस्यता कायम गर्न,
  • नागरिक र जनताविच सुमधुर सम्बन्ध कायम गर्न,
  • वातावरणमैत्री शासन प्रवर्धन गर्न,
  • छरितो र प्रभावकारी सेवा प्रवाह गर्न,

विद्युतीय सुशासन (शासन) का समस्या तथा चुनौतीहरु:-

  • सबैको सहज पहुँच कायम हुन नसकेको,
  • विज्ञको जनशत्तिको अभाव रहेको,
  • यस सम्बन्धी नीतिको अभाव रहेको,
  • अत्यधिक खर्चिलो हुनाले धान्न गार्हो,
  • डिजिटल डिभाईडलाई कम गर्नु,
  • परिवर्तनलाई आत्मसात गर्नु,
  • तिव्र गतिमा विकास भईरहेको सूचना प्रविधिको समयमै आत्मसात गर्नु,
  • दक्ष जनशक्तिको विकास गर्नु,
  • सबै नागरिकलाई यसको प्रयोगमा सक्षम बनाउनु,
  • पुराना तथा जेष्ठ कर्मचारीहरुलाई यसको प्रयोगमा अभ्यस्त बनाउनु

            

विद्युतीय सुशासन (शासन) का प्रभावकारिताका उपायहरु:-

  • यसको उपयोगिताबारे चेतना जगाउने,
  • तालिमको व्यावस्था गर्ने,
  • दक्ष जनशक्तिको निर्माणमा पर्याप्त ध्यान दिने,
  • विद्युतीय सचेतनामामा जोड दिने,
  • पुर्वाधारको विकास गर्ने,
  • सरकारी कामहरुलाई पुर्ण रुपमा तथ्यांकमा आधारित बनाउने,
  • सरकार र निजी क्षेत्रबीच समन्वय कायम गर्ने,
  • कानुन तथा नीतिहरु निर्माण गर्ने,
  • कर्मचारीतन्त्र तथा राजनैतिक नेतृत्वलाई प्रतिवद्ध र उत्प्रेरित बनाउने 
  • दुर्गम स्थानमा पनि प्रविधिको विस्तारमा जोड दिने,
डिवेड आचार्य (विश्वविद्यालय प्रशासन)

Comments

TOP
0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop